logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • केपी ओली पाहा पछारिएझैं पछारिए, निर्वाचन आयोगमार्फत केपी ओलीको अर्को सेटिङ पनि भत्किँदैछ : प्रचण्ड

    केपी ओली पाहा पछारिएझैं पछारिए, निर्वाचन आयोगमार्फत केपी ओलीको अर्को सेटिङ पनि भत्किँदैछ : प्रचण्ड

    2.4K
    Shares

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पाहा पछारिएझैं पछारिएको दाबी गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि आफूहरु झन् बलियो भएको भन्ने ओली समूहको टिप्पणीप्रति ब्यङ्ग्य गर्दै उनले भने, पाहा पछारिएझैँ पछारियो, अनि जितेम हामीले, झन् बलियो भइयो रे । त्यस्तोपनि हुन्छ कहिँ ?’  

    प्रचण्डले केपी ओलीको निर्वाचन आयोगवाला सेटिङपनि भत्किँन लागेको दाबी गरेका छन् । 

    सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह दिने दाबी गरेका हुन् । नेकपा विवादपछिओलीतिर लागेका नेताहरु आफूहरुतिर आइरहेको बताउँदै उनले भने ,‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किँदै छ, मैले यत्तिकै भनेको होइन । मैले बुझेर भन्दै छु । केही समयभित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारीक पार्टी होइन, आधिकारीक पार्टी हुन बहुमतवाला पार्टी नै हो, सूर्य चिन्ह र नाम हाम्रै हुन्छ भन्ने फैसला हुन्छ । यसमा एक इन्चपनि शंका गर्नु पर्दैन ।’  

     

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend