काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली आज मोरङको उर्लाबारी जाने भएका छन्।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले प्रधानमन्त्री आज दिउँसो २ बजे यहाँ आउने कार्यक्रम रहेको जानकारी दिइन् । जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ।
सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा बस्ती निर्माण सक्ने लक्ष्य छ। यसअघि आइतबार पनि प्रधानमन्त्री अोली विराटनगर गएका थिए ।