काठमाडाैं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
याे समूहले सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरेकाे हाे । वार्ताका लागि जेलमा रहेका नेता तथा कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको स्राेतले बताएकाे छ ।
आज सरकारले पनि गृहमन्त्री रामबहादुर थापा बादलकाे नेतृवमा विप्लवसँग वार्ताकाे लागि टाेली गठन गरेकाे हाे ।