logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीले पैसा र पदमा लोभ्याउन नसकेपछि हाम्रा पक्षका सांसदहरुलाई ज्यान मार्ने धम्कीसम्म दिइयो : माधवकुमार नेपाल

    प्रधानमन्त्रीले पैसा र पदमा लोभ्याउन नसकेपछि हाम्रा पक्षका सांसदहरुलाई ज्यान मार्ने धम्कीसम्म दिइयो : माधवकुमार नेपाल

    2K
    Shares

    काठमाडौं । नेकपा नेता माधवकुमार नेपालले आफ्ना पक्षका सांसदलाई पैसा र पदमा लोभ्याउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन् । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसदलाई आफूतर्फ तान्न ओलीले साम, दाम, दण्ड भेद सबै प्रयोग गरेको उनको दाबी छ । 

    ‘हाम्रा पक्षका कतिपय सांसदलाई पैसा, पदको लोभ देखाइएको छ । नमानेपछि एक जना सांसदलाई त ज्यान मार्ने धम्की पनि दिइएको रहेछ । मीठो भाषामा मान्छेको ज्यान ठेगान छैन, बाटामा हिँड्दाहिँड्दै दुर्घटनामा मरियो भने के गर्ने भनेर ?’ कान्तिपुर टिभीको फायरसाइड कार्यक्रमलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘प्रधानमन्त्रीको समूहबाट भनेपछि उनैबाट त हो नि । उहाँका आसेपासेबाट आएको भनेपछि कहाँबाट आयो भन्नु ?’ 

    तर आफूहरुसँग शक्ति र सत्ताको आधार नभएको र त्यस्तो अनैतिक काम गर्ने संस्कारसमेत नभएको उनको दाबी छ । प्रतिनिधिसभा विघटन बदर भएसँगै नेकपाको दुवै पक्षका प्रवक्ताहरु प्रदीप ज्ञवाली र नारायणकाजी श्रेष्ठले सांसद किनबेच सुरु भएको सार्वजनिक टिप्पणी गरिरहेका बेला नेता नेपालको यस्तो दाबी आएको हो ।

    ‘केपी ओलीले सबै साम, दाम, दण्ड, भेदको प्रयोग गरिरहेको छन् । पैसा, झुट प्रचार सबै गरिरहेका छन् । भोलि गएर सबै कुराको भण्डाफोर हुन्छ । जुन सांसदलाई गाडीमा गएर जबरजस्ती ल्याउन खोजियो, तिनीहरु बोल्नेछन् । पैसाको अफर गरेको कुरा पनि खुल्नेछ । करोडौंको अफर गरिएको छ । मन्त्रीदेखि लिएर सबैथोकको अफर गरिएको छ । यि सबै कुराहरु समयक्रममा खुल्नेछन्,’ नेता नेपालको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend