काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आज (बुधबार) केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । संसद् पुन:स्थापनापछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तयका लागि बैठक आह्वान गरिएको हो ।
यसअघि सोमबार बसेको प्रचण्ड नेपाल समूहको सचिवालय बैठकले छिट्टै स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय थियो ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–नेपाल समूहले आवश्यकता परे ती सक्कल कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका प्रचण्ड नेपाल समूहले गरेको छ ।
प्रचण्ड–नेपाल समूहमा रहेका केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले बुधबारको केन्द्रीय कमिटी बैठकमा नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशनसहितको सूचना आएको बताए ।
यद्यपि, थुप्रै केन्द्रीय सदस्यले भने ७ फागुनमा बोलाइएको केन्द्रीय कमिटी बैठकमै पनि ती कागजात पार्टीलाई बुझाएका थिए ।