logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • म्याक्स्वेलको विस्फोटक ब्याटिङमा न्यूजील्याण्डमाथि अष्ट्रेलियाको विशाल लक्ष्य

    म्याक्स्वेलको विस्फोटक ब्याटिङमा न्यूजील्याण्डमाथि अष्ट्रेलियाको विशाल लक्ष्य

    4.2K
    Shares

    काठमाडौं।  ग्लेन म्याक्स्वेलले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियाले घरेलु टोली न्यूजील्याण्डसामु २०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। विलिङ्टनमा भएको तेस्रो टी-२० खेलमा म्याक्स्वेलले ३१ बलमा ७० रन हिर्काएपछि अष्ट्रेलियाले बलियो लक्ष्य प्रस्तुत गरेको हो। 

    अष्ट्रेलियाका लागि कप्तान एरोन फिंचले ४४ बलमा ६९ रनको योगदान गरे। त्यस्तै जोस फिलिपले २७ बलमा ४३ रन बनाए। 

    न्यूजील्याण्डका लागि स्पीनर इश सोधीले २ र टिम साउदी र ट्रेन्ट वोल्टले १-१ विकेट लिए। 

    यसअघिका दुवै खेल न्यूजील्याण्डले जितेको थियो।  पहिलो खेलमा न्यूजील्याण्डले अष्ट्रेलियालाई ५३ रनले हराएको थियो भने दोस्रो खेलमा ४ रनले हराएको थियो। 

    ५ खेलको शृंखलाअन्तर्गत चौंथो खेल मार्च ५ मा र अन्तिम खेल मार्च ७ मा हुनेछ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend