logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड–माधव पक्ष छाडेर ओली पक्षमा लागेको भन्ने हल्लामात्रै : गंगा चौधरी 

    प्रचण्ड–माधव पक्ष छाडेर ओली पक्षमा लागेको भन्ने हल्लामात्रै : गंगा चौधरी 

    5.5K
    Shares

    काठमाडौं । नेकपाकी प्रतिनिधिसभा सदस्य गंगा चौधरीले सामाजिक सञ्जालमा आफू प्रचण्ड–माधव पक्ष छाडेर ओली पक्षमा लागेको भनेर हल्ला फैलाइएको बताएकी छन् । 

    मंगलबार सञ्चार माध्यममा गंगा चौधरी प्रचण्ड–माधव पक्ष छाडेर ओली पक्षमा लागेको भनेर समाचारहरु आएको विषयमा सुनौलो नेपालसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘ यो गलत र भ्रामक प्रचार हो । कसैलाई भ्रम पर्नु हुँदैन । ’ 

    उनले आफू एकताको पक्षमा रहेको र कुनै पक्षमा नभएको स्पष्ट समेत पारेकी छन् । उनले भनिन्, ‘म कतै छैन, पार्टी एकताकै लाइनमा छु । सदनभित्रपनि मेरो भूमीका त्यही रहन्छ ।’  

    मंगलबार सामाजिक सञ्जालमा चौधरी प्रचण्ड–माधव पक्ष छाडेर ओली पक्षमा लागेको भनेर ब्यापक रुपमा टिकाटिप्पणीहरु आएका थिए । 

     

    हेर्नुहोस् सांसद चौधरीसंग सुनौलो नेपालमा गरिएको कुराकानी 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend