logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सकियो

    सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सकियो

    1.5K
    Shares

    काठमाडौं।  सरकार र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ।

    केहिबेर अघि सकिएको वार्ता सकारात्मक दिशामा अगाडी बढेको प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार तथा सरकारका तर्फबाट वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए। 

    वार्ता बिषय केन्द्रित भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको डा. भट्टराईले बताए। 

    वार्ता टोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामवहादुर थापा बादल संयोजक र डा. राजन भट्टराई सदस्य रहेका छन्। विप्लव समूहका तर्फबाट संयोजक खड्गवहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सदस्य रहेका छन्। 

    सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend