logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • अष्ट्रेलियाले न्यूजील्याण्डलाई ६४ रनले हरायो

    अष्ट्रेलियाले न्यूजील्याण्डलाई ६४ रनले हरायो

    3.4K
    Shares

    काठमाडौं। ५ खेलको शृंखलाअन्तर्गतको तेस्रो टी-२० खेलमा अष्ट्रेलियाले घरेलु टोली न्यूजील्याण्डलाई ६४ रनले पराजित गरेको छ। विलिङ्टनमा भएको खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको २०९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्यूजील्याण्ड १४४ रनमै सिमित भएको हो। 

    न्यूजील्याण्डका लागि मार्टिन गप्टिलले सर्वाधिक ४३ रनको योगदान गरे। त्यस्तै देवोन कंवेले ३८ रन बनाए।  

    न्यूजील्याण्डलाई १४४ रनमै सिमित गर्ने क्रममा एस्टन एगरले ६ विकेट लिए। रिले मर्डिथले २ र एडम जाम्पा र केन रिचार्डसनले १-१ विकेट लिए। 

    ग्लेन म्याक्स्वेलले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियाले न्यूजील्याण्डसामु २०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। अष्ट्रेलियाका लागि कप्तान एरोन फिंचले ४४ बलमा ६९ रनको योगदान गरे। त्यस्तै जोस फिलिपले २७ बलमा ४३ रन बनाए। 

    न्यूजील्याण्डका लागि स्पीनर इश सोधीले २ र टिम साउदी र ट्रेन्ट वोल्टले १-१ विकेट लिए। 

    यसअघिका दुवै खेल न्यूजील्याण्डले जितेको थियो।  पहिलो खेलमा न्यूजील्याण्डले अष्ट्रेलियालाई ५३ रनले हराएको थियो भने दोस्रो खेलमा ४ रनले हराएको थियो। 

    ५ खेलको शृंखलाअन्तर्गत चौंथो खेल मार्च ५ मा र अन्तिम खेल मार्च ७ मा हुनेछ। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend