logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • यौन प्रकरणका मुछिएपछि मन्त्रीले दिए राजीनामा

    यौन प्रकरणका मुछिएपछि मन्त्रीले दिए राजीनामा

    2.5K
    Shares

    बेङ्लोर । भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनी बाध्य भएका हुन् । 

    उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका थिए । जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

    उनले दिएको राजीनामा पत्रमा घटनाका बारेमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । तर अहिलेलाई भने आफूले नैतिकताका आधारमा राजीनामा दिएकाले स्वीकृत गर्न पनि उनले अनुरोध गरेका छन् ।  

    कर्नाटकका अर्का मन्त्री जगदिश शेत्तारले पनि जर्किहोलीले राजीनामा दिएको पुष्टि गर्दै मङ्गलबार उनका विरुद्धमा मुद्दा परेकाले बुधबार उनले राजीनामा दिएको ल्लेख गरे ।

    घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन् । प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend