काठमाडौं । वन तथा वातावारण मन्त्री प्रेमबहादुर आलेमगरले बुधबार एक कार्यक्रममा दिएको मन्तव्य निकै भाइरल बनेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको विरोध गर्दै आएको सामुदायिक वन उपभोक्त महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा उनले निकै उत्साहित बनेर मन्तव्य दिए ।
सोही मन्तव्य दिने क्रममा मन्त्री आलेको जिब्रो चिप्लिएपछि उनी अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भाइरल बनेका छन् । बोल्ने क्रममा उनले भने, ‘…जुन रुखबाट हामीले कार्बन डाइअक्साइड पाउछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ, त्यहि रुख यदि रहेन भने के हुन्छ हालत ?’ यहि भिडियोको क्लिप अहिलेले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । वन मन्त्रालय सम्हालेका मन्त्रीलाई नै रुखले अक्सिजन दिने कुरा थाहा नभएको हो वा बोल्ने क्रममा जिब्रो चिप्लिएको हो भन्ने प्रश्न उठेको छ ।
रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौ : वनमन्त्री आले ! pic.twitter.com/5ueEn6ZR4n
— Sunaulo Nepal (@Sunaulo_npl) March 4, 2021 “>
रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौ : वनमन्त्री आले ! pic.twitter.com/5ueEn6ZR4n
— Sunaulo Nepal (@Sunaulo_npl) March 4, 2021
सोही कार्यक्रममा उनले आफूलाई १ अर्बको प्रलोभन देखाइएको पनि खुलासा गरे । उनले भने, ‘जुन दिन मैले पदको बहाली गरें, त्यही दिन देखि काठ व्यवसायीदेखि वनका केही बदमास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे,’ उनले भने, ‘मैले कसैलाई भेटिनँ । पछि हामी १ अर्ब पैसा उठाएर दिन्छौँ भन्ने कुरा पनि आयो ।