logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • म्यान्मारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको क्रुर यातना (भिडियो)

    म्यान्मारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको क्रुर यातना (भिडियो)

    3.3K
    Shares

    काठमाडौं। म्यान्मारमा सेनाले सत्ता कब्जा गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले क्रुर यातना दिएका छन्।

    प्रदर्शनकारीहरुलाई म्यान्मारका सुरक्षाकर्मीले दिएको यातनाको भिडियो पत्रकार तथा वृत्तचित्र निर्माता शफियुर रहमानले ट्वीटरमा सार्वजनिक गरेका छन्। 

    उक्त भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरुको टाउकामा बुट बजारेको, ‘राइफल बट’ले हानेको देख्न सकिन्छ। 

    सेनाले सत्ता कब्जा गरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम् परिस्थिति उत्पन्न भएको छ । 

    प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार मात्रै ३८ जनाको ज्यान गएको छ । 

    म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend