logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • स्याङ्जामा भरुवा बन्दुकसहित एक जना पक्राउ

    स्याङ्जामा भरुवा बन्दुकसहित एक जना पक्राउ

    3.7K
    Shares

    स्याङ्जा । नेपाल प्रहरीले स्याङ्जामा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

    आँधिखोला गाउपालिका वडा नं. २ बसेवारी बस्ने बर्ष ४१ को दिपक बि.क.को घरमा अवैध भरूवा बन्दुक छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले निजको घर खानतलासी गरेको हो ।

    प्रहरीले भरुवा बन्दुक एकथान सहित बन्दुकमा प्रयोग हुने फलामको बेरिङ ३०० पिस, सिसाको टुक्राउहरू १९५ पिस, बारूद ६० ग्राम, बारूद बनाउन प्रयोग हुने सोडा ६९० ग्राम  बरामद गरेको छ ।

    बि.क. विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता शिव थापाले जानकारी दिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend