logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ताज महलमा बम राखिएको हल्ला फैलाउने पक्राउ

    ताज महलमा बम राखिएको हल्ला फैलाउने पक्राउ

    3.3K
    Shares

    आग्रा । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि केही समयका लागि ताजमहल बन्द गराइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहान केहीबेरसम्म बन्द गरिएको थियो । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका थिए । तर पछि प्रहरीले सर्च अपरेशन गरेर बम नभएको बताएपछि पुनः खोलिएको छ ।

    बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका थिए । एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान गरेको थियो । ताज महलभित्र बम भएको खबर दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले प्रहरीको हेल्पलाइनमा फोन गरेर सेनाको भर्ना प्रक्रियामा गडबडी भएकाले आफू भर्ती हुन नसकेपछि ताज महलभित्र बम राखेको र केहीबेरमा विस्फोट हुने बताएका थिए । 

    उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् । विश्वमै चर्चित यस पर्यटकीय स्थलमा दैनिक पाँच हजार मानिसहरु भ्रमणका लागि आउने गर्छन् । यसभन्दा अगाडि पनि सन् २००८ मा एक व्यक्तिले ताज महलभित्र बम राखेको बताएका थिए । पछि पक्राउ परेका उनले प्रहरीलाई दुख दिन आफूले झुटो बोलेको बयान दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend