logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला हस्तकला मेला फागुन २२ गतेदेखि सुरु हुने 

    महिला हस्तकला मेला फागुन २२ गतेदेखि सुरु हुने 

    3.5K
    Shares

    ललितपुर । नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । बिहीबार नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएका हुन् ।

    ‘हस्तकलाको प्रवद्र्धन महिला शसक्तिकरणको सम्र्बद्धन’ भन्ने नारा सहित हुने भेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ । 

    मेलामा साना ठुला गरी ५० भन्दाबढी स्टलहरु रहने बताइएको छ । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ । हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend