logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीनिकट सांसद महेश बस्नेतको निर्वाचन आयुक्तसँग भेटघाट

    ओलीनिकट सांसद महेश बस्नेतको निर्वाचन आयुक्तसँग भेटघाट

    3.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपा सांसद महेश बस्नेतले निर्वाचन आयोगमै पुगेर निर्वाचन आयुक्तहरुसँग भेटघाट गरेका छन् । बस्नेतले बिहीबार आयोगमै पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तसँग छलफल गरेका थिए ।

    भेटका क्रममा उनले नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पुरानो हस्ताक्षर प्रयोग गरेर पार्टीमा आधिकारिकता दाबी गर्न लागेको दाबी गरेका छन् । बस्नेतले नेकपाका बहुमत सांसद पार्टी एकताको पक्षमा रहेको विषयमा आयोगलाई जानकारी गराएका थिए । 

    बस्नेतले पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले वक्तव्य निकालेर दबाव बढाएको र त्यसबाट प्रभावित नहुन आग्रहसमेत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend