बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

चन्द्रागिरिको शेयर मूल्य ६ सय माथि 

चन्द्रागिरिको शेयर मूल्य ६ सय माथि 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उच्च वृद्धि भएको छ । ९०।६७ अंकले बढेको बजारमा सबै समूहमा बढोत्तरी छ । ३।७५ प्रतिशतले बढेको बजार २५०६।६८ विन्दुमा अडिएको छ । आज ६ अर्ब ५ करोड बढीको शेयर कारोबार भएको छ । जीवन बीमा तर्फको बढोत्तरी सबैभन्दा बढी छ ।  निर्जीवन बीमा, ट्रेडिङ समूहमा पनि आकर्षक बढोत्तरी छ । 

शेयर बजार घटेको दिनमा पनि पछिल्ला केही दिनयता शेयर मूल्य बढिरहेको चन्द्रागिरी हिल्सले आज पनि सबैभन्दा बढी कमाएको छ ।यसको शेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ ।  चन्द्रागिरी सहित लिबर्टी इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ ।

चन्द्रागिरिको शेयर मूल्य ६ सय ५ रुपैयाँ कायम भएको छ ।  तर कारोबार रकममा सबैभन्दा बढी कारोबार हुनेमा पूर्वाधार  बैंक निफ्रा नै रहेको छ ।यसको ५३ करोड २३ लाख रुपैयाँ बराबरक शेयर कारोबार भएको छ । यता शिखर इन्स्योरेन्सका पनि बढी कारोबार भएको छ । दोस्रो बढी कारोबार भएको शिखरको २४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend