logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पुनः सञ्चालनमा कर्णाली करिडोर 

    पुनः सञ्चालनमा कर्णाली करिडोर 

    4.1K
    Shares

    मान्म । कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडास्थित कर्णाली नदीको यातायात फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द करिडोर फेरी पुनःसञ्चालनमा ल्याइएको हो ।  

    सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो । पुनःनिर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्नेछ । सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदीमा गत वर्ष असारको अविरल वर्षापछि बगेकाले नौ महिनापछि पुनःसञ्चालनमा आएको हो । 

    कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भित्र्यानुपर्ने अवस्था थियो ।जितेबजारबाट बग्दै गएको कर्णाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend