logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारद्वारा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा

    सरकारद्वारा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा

    3.8K
    Shares

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बुधबार सरकार र विप्लव समूहबीच भएको दुई चरणको वार्तापछि सहमति जुटेको हो । सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिलाई शुक्रबार एक समारोहबीच सार्वजनिक गर्ने तयारी छ । 

    शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा हुने विशेष  समारोहमा प्रधानमन्त्री केपी ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्नेछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend