logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विप्लव समूहका कार्यकर्ता को छुट्ने को रहने  ?

    विप्लव समूहका कार्यकर्ता को छुट्ने को रहने  ?

    2.2K
    Shares

    काठमाडौं  । सरकारसँगको तीन बुँदे सहमतिमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थुनामा रहेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग राखेको छ । विप्लव समूहको १ सय ४१ जना नेता कार्यकर्ता छुट्न बाँकी देखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

    \उक्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय २७ जना पुर्पक्षका लागि थुनामा छन्। १४ जना भने अनुसन्धानकै क्रममा रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। विप्लव पक्षबाट एक शिक्षकसहित तीन र राज्य पक्षबाट विप्लवका एक कार्यकर्ता मारिएको प्रहरी तथ्यांक छ। 

    प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कारागारमा रहेका नेता तथा कार्यकर्तालाई छाड्ने वा नछाड्ने विषय गृह मन्त्रालयले टुंगोमा पुर्‍याउने जानकारी दिए। ‘अहिले जति पनि कारागारमा हुनुहुन्छ, उहाँहरू गम्भीर प्रकृतिका अपराधमा संलग्न हुनुहुन्छ’, प्रवक्ता कुँवरले भने, ‘उहाँहरू को छुट्ने को रहने कुरा सरकारले निर्णय लिने हो।’

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयबाट चलेका मुद्दामा कोही बन्दी भए उनीहरूलाई छाड्न परिपत्र भएको बताए। ‘सिडिओ कार्यालयबाट चलेको मुद्दामा कोही कारागार चलान भएको अवस्थामा उहाँहरूलाई नियमानुसार छाड्न परिपत्र गरिएको छ’, सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता बुढाले भने, ‘बाँकी अदालतको आदेशमा चलेका मुद्दामा सम्बन्धित निकायले गर्छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend