logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सहिद परिवारको हातबाट टीका लगाएर काठमाडौंका लागि बिदा भए विप्लव

    सहिद परिवारको हातबाट टीका लगाएर काठमाडौंका लागि बिदा भए विप्लव

    1.5K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई भेटघाट गरेका छन् । 

    महासचिव विप्लवलाई सहिद रमाको परिवारले क्रान्ति सफलताको शुभकामना दिँदै रातो टीका लगाएर काठमाडौं बिदाई गरेको हो । सहिद फूलमाया सारू ‘रमा’ को २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको सफल कारवाहीमा सहादत भएको थियो ।

    सरकारसँग भएको तीन बुँदे सहमति सार्वजनिक समारोहमा उपस्थित हुन विप्लव काठमाडौं प्रस्थान गरेका हुन् । शुक्रबार बार नै उनी गाडीमा नवलपरासी देखि काठमाडौं हिँडेका हुन् ।

    आज दिउँसो २ बजे उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend