logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ओली पक्षले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-माधवलाई पनि निम्तो

    ओली पक्षले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-माधवलाई पनि निम्तो

    1.7K
    Shares

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्ष यही शनिबार संसदीय दलको बैठक बोलाएको छ।

    बैठकमा नेकपाको अर्को समूह पुष्पकमल दाहाल–माधवकुमार नेपालसहितका सबै सांसदलाई समेत बोलाइएको छ । संसदीय दलको बैठक शनिबार दिउँसो सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बस्ने ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

    संघीय संसदमा नेकपाका १७४ सांसद छन्। त्यसमध्ये एक सांसदको निधन भएको छ भने र अग्नि सापकोटा सभामुख छन् । भट्टराईका अनुसार  पार्टी अझै नफुटेको भन्दै सबैलाई बैठकमा आमन्त्रित गरिएको हो । 

    प्रचण्ड–माधव पक्षले भने संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई यसअघि नै संसदीय दलबाट र उनीहरुसहित अन्य ७ नेतालाई पार्टीबाटै निष्कासन गरिसकेको छ । उनीहरुमाथि कारवाही गरिएको पत्र प्रचण्ड–माधव पक्षले बिहीबार नै संघीय संसद सचिवालयमा बुझाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend