logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा

    विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा

    1.5K
    Shares

    काठमाडौं। सरकार र विप्लव नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएर शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्ती केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने तयारीकै बीच सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।

    काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही समय अगाडि हिरासत मुक्त गरेको हो । ९ दिनदेखि उनलाई आगजनी तथा संगठित अपराधको मुद्दामा काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो।

    जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई श्रीमतीको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ । 

    दुई वर्षअघि विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएयता सो समूहका डेढ सय नेता कार्यकर्ता थुनामा छन्। तीमध्ये धेरैजसो आजै छाड्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend