
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट आइपिओ सार्वजनिक गरेको छ । कम्पनीले कुल ६६ लाख कित्तामध्ये सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता छुट्याएको छ ।कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ । आइपिओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म बिक्रीमा रहनेछ ।
यो आइपिओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आइपिओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको भए पनि दुई दिन अघि नै विक्री खुला गर्ने भएको हो ।कम्पनीको यस आइपिओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend