logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अवतरणपछि विस्फोट भयो स्पेसएक्सको स्टारसिप रकेट

    अवतरणपछि विस्फोट भयो स्पेसएक्सको स्टारसिप रकेट

    2.5K
    Shares

    काठमाडौं । अन्तरिक्षको अध्ययन क्षेत्रमा काम गर्ने स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेशन कम्पनी स्पेसएक्स को मंगल मिसन अवतरणपछि विस्फोट भएको छ । यस मिसनको माध्यामबाट हावा ६ माइलसम्मको उचाइमा पठाएको कम्पनीको सबैभन्दा ठूलो रकेट स्टारसिप एसएन १० अवतरणपछि विस्फोट भएको हो। विस्फोटका कारण लन्चप्याड पूर्ण रुपमा जलेको छ । स्पेसएक्सले जारी गरेको सूचनाअनुसार स्टारसिपको अवतरण सफल भयो तर १० मिनेटपछि विस्फोट भएको थियो ।

    रकेट स्टारसिपलाई दुईपटक आकाशमा उडाएर पुनः अवतरण गरिएको थियो । यो तेस्रोपटक थियो । यसभन्दा अगाडि स्पेसएक्सको एसएन८ र एसएन९ पनि विस्फोट भएका थिए । स्पेसएक्सका सिइओ एलन मस्कले रकेट विस्फोटको कारण पत्ता लगाइने तर यसको अवतरण सफल भएकाले यो नै सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । विज्ञहरुले मिथेन ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने बताएका छन् । 

    एलन मस्कको कम्पनी स्पेसएक्सले सन् २०२३ सम्म १२ जनालाई चन्द्रमामा पुर्याउने योजना बनाएको छ । स्पेसएक्स अमेरिकाका निजी अन्तरिक्ष अनुसन्धान गर्ने कम्पनी हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend