काठमाडौं। प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बालुवाटार प्रवेश गरेका छन्।
विप्लव आज नवलपरासीबाट सिधै बालुवाटार गएका हुन्।
बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसंग छलफल हुने स्रोतले जनाएको छ।
उनलाई प्रहरी स्कर्टिङमा काठमाडौं ल्याइएको हो।
प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए ।
काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र सहिद परिवारले स्वागत गरेका थिए ।
शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।