logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

    अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

    3.8K
    Shares

    काबुल । अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् । शुक्रबार दिइएको जानकारी अनुसार गएको २४ घण्टा यता भएका हिंसामा परी ती व्यक्तिको निधन भएको बताइएको हो । यहाँको संस्था रिडक्सन इन भायोलेन्स ‘आरआइभी’ ले शुक्रबार बिहान सो जानकारी दिएको छ । 

    रिभले भनेको छ, “गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।” साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान मारिएका पनि बताइएको छ । सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबान मारिएका हुन् । 

    अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् । गएको २४ घण्टा यतामात्र अफगानिस्तानका विभिन्न पाँच प्रान्तका आठ स्थानमा हिंसात्मक आक्रमणहरु भएका थिए । अफगानिस्तानका ३४ प्रान्तमध्ये यहाँका पाँच प्रान्तमा गएको २४ घन्टामात्र यता हिंसात्मक हमलाहरु भएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend