logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • गैँडाको आक्रमणबाट एक घाइते

    गैँडाको आक्रमणबाट एक घाइते

    4.1K
    Shares

    चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend