logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्ड- नेपाल समूहको संसदीय दलको नेतामा पुन: प्रचण्ड चयन

    प्रचण्ड- नेपाल समूहको संसदीय दलको नेतामा पुन: प्रचण्ड चयन

    3.7K
    Shares

    काठमाडौं। प्रचण्ड- नेपाल समूहको नेकपाले संसदीय दलको नेतामा दोस्रो पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। 

    शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो। 

    बैठकमा ११४ जना सांसदहरुको उपस्थिति रहेको उक्त समूहका नेता सोमप्रसाद पाण्डेले दावी गरे। 

    यसअघि पुस ५ मा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजित भएको नेकपाको उक्त समूहले पुस  ९ मा पनि प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो। 

    यो समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई हटाइसकेको छ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend