logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ – वरिष्ठ नेता पौडेल

    पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ – वरिष्ठ नेता पौडेल

    3.2K
    Shares

    तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताएका छन्। 

    शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन  कार्यक्रममा पौडेलले  हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताए । राष्ट्रिय सङ्कटको यस घडिमा पार्टीभित्रको एकता पनि आवश्यक भएको बताउँदै उनले भने, “न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ । 

    कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उनले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गरे । आँफैभित्र पनि बेलाबेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको उल्लेख गर्दै उनले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उनले यो घिनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पारे। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend