logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागुऔषधसहित १३ वर्षीय बालक पक्राउ

    लागुऔषधसहित १३ वर्षीय बालक पक्राउ

    5.5K
    Shares

    काठमाडौं । प्रहरीले काठमाडौँबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो । 

     रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । 

     उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend