logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाटनबाट ३६ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा राजदूत खतिवडालाई हस्तान्तरण

    पाटनबाट ३६ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा राजदूत खतिवडालाई हस्तान्तरण

    2.8K
    Shares

    काठमाडौं।  पाटनबाट ३६ वर्षअघि चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’(लक्ष्मी नारायण)को मूर्ति अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडालाई हस्तान्तरण गरेको छ। 
     
    शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

    अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

    मूर्ति हस्तान्तरण कार्यक्रममा राजदूत डा खतिवडाले अमेरिकी सरकारको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरे । अमेरिकी विदेश विभागका मुख्य उप सहायक सचिव एर्भिन मासिङ्गाले हस्तान्तरण गर्न पाउदा हर्ष व्यक्त गरे ।

     यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । मूर्ति पाटन मन्दिरको हो भने सन् १९९०देखि नै ड्यालस म्युजियम अफ आर्टमा राखिएको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend