logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसदबाट विश्वासको मत लिन सफल 

    पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसदबाट विश्वासको मत लिन सफल 

    1.8K
    Shares

    इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिन सफल भएका छन् । 

    प्रधानमन्त्री  खान शनिबार संसदबाट विश्वासको मत लिन सफल भएका हुन् । विश्वासको मत लिन  १७२ भोटको आवश्यकता रहेकामा उनले १७८ मत प्राप्त गरेका हुन् । 

    सत्तारुढ दल पिटिआई बुधबार भएको सिनेटको निर्वाचनमा महत्वपूर्ण सिटमा पराजित भएपछि खानले संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए । विपक्षी दलले भने प्रधानमन्त्री खानले तत्काल राजीनामा दिनुपर्ने भन्दै  संसद बैठक बहिस्कार गरेको थियो ।  

    खानले विश्वासको मत लिन सफल भएपछि पाकिस्तानको राजनीति अस्थिर नहुने विश्लेषकहरुको भनाइ छ । 

    सन् २०१८ मा उनी प्रधानमन्त्री हुँदा १७६ मत प्राप्त गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend