logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • इसाइ धर्मगुरु पोपद्वारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास

    इसाइ धर्मगुरु पोपद्वारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास

    4.2K
    Shares

    बगदाद । इसाइ धर्मगुरु पोप फ्रान्सीसले सिया मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् । मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्वन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ । 

    इराकको भ्रमणमा रहेका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहान सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् ।  पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित थियो । सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका पोपलाई  उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend