logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन हस्तक्षेप गरेको छैन : मन्त्री भट्ट

    पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन हस्तक्षेप गरेको छैन : मन्त्री भट्ट

    2.5K
    Shares

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । 

    शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिपनि हस्तक्षेप नगरेको दाबी गरेका हुन् । 

    अन्य मुलुकको मूल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनाइ छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । 

    ‘जनतालाई मुल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ । र भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरी मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । तपाईको प्रक्रियामा मुल्यवृद्धि गर्नुस्, घटाउनुस्, सस्तोमा आउँछ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मुल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ’, उनले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend