logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सर्वोच्चको फैसलाले बहुदलीय व्यवस्थाभित्र निर्दलीय व्यवस्थाको पक्षपोषण गर्‍यो: झपट रावल

    सर्वोच्चको फैसलाले बहुदलीय व्यवस्थाभित्र निर्दलीय व्यवस्थाको पक्षपोषण गर्‍यो: झपट रावल

    3.2K
    Shares

    काठमाडौं। प्रचण्ड- नेपाल समूहका नेता झपट रावलले सर्वोच्चको नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको फैसला गलत भएको प्रतिक्रिया दिएका छन्। 

    ऋषि कट्टेलको नेकपा नै आधिकारिक नेकपा भएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि नेता रावलले सुनौलो नेपालसंग सन्क्षिप्त कुराकानी गर्दै यो फैसला अनेपक्षित र अप्रत्यासित भएको प्रतिक्रिया दिएका हुन्। 

    रावलले यो फैसलाले बहुदलीय व्यवस्थाभित्र निर्दलीय व्यवस्थाको पक्षपोषण गरेको जिकीर गरे।  ‘सर्वोच्चको फैसलाले बहुदलीय व्यवस्थाभित्र निर्दलीय व्यवस्थाको पक्षपोषण गरेको छ।  यो गलत छ।’ रावलले भने। 

    सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले ऋषि कट्टेलको नेकपा नै आधिकारिक नेकपा भएको फैसला सुनाएको हो। 

    यो फैसलासँगै अब केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend