logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले र माओवादी केन्द्र ब्यूँतिदा तिवारी र किराँतीको पार्टी के हुन्छ ?

    एमाले र माओवादी केन्द्र ब्यूँतिदा तिवारी र किराँतीको पार्टी के हुन्छ ?

    1.4K
    Shares

    काठमाडौं। सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ।

    तर निर्वाचन आयोगमा भने एमाले र माओवादी केन्द्रका नाममा यसबीच दर्ता भइसकेका छन् । एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  नेकपा गठन भएको घोषणा गरेका थिए।

    त्यससँगै निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका पार्टी खाली भए । त्यसैबीच मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराइन् भने पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरे।

    अहिले पनि निर्वाचन आयोगमा यी दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका  राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्।

    यस्तोमा सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववत रूपमा ब्युँतिने फैसला गरेपछि तिवारी र किराँतीको पार्टीको अवस्था के हुन्छ ? यो फैसलाले संवैधानिक र कानुनी जटिलता थपेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend