logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्वोच्चको फैसलाले बेठिक टाइममा न्याय दियो, साइड इफेक्ट धेरै हुन सक्छ : देव गुरुङ 

    सर्वोच्चको फैसलाले बेठिक टाइममा न्याय दियो, साइड इफेक्ट धेरै हुन सक्छ : देव गुरुङ 

    3.7K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’को न्यायको संज्ञा दिएका छन् । 

    संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भीक प्रतिक्रिया दिदै नेता गुरुङ्गले ‘बेठिक टाईम’मा न्याय दिने काम भएको बताएका हुन् । 

    उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’ लाई अझै मद्दत पुग्न सक्ने बताए । उनले फैसला संगै पुर्व नेकपा एमाले र पुर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले  नाम परिवर्तन हँुदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे ।

    उनले भने, ‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपा को निर्वाचन आयोगमा परिरहेको वहसको सम्बन्धमा केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाँही उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाईममा दिनुपथ्र्यो । बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो । यसले पार्ने साईड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जादैँन । नामको बारेमा मात्रै गरेको हो । ३ बर्षमा धेरै काम भएको छ ।”

    उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend