logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अनुहार ढाक्ने पोशाक माथि प्रतिबन्ध लगाउदैँ स्वीट्जरल्यान्ड

    अनुहार ढाक्ने पोशाक माथि प्रतिबन्ध लगाउदैँ स्वीट्जरल्यान्ड

    5.4K
    Shares

    स्विजरल्याण्डमा अनुहार ढाक्ने हिजाब, बुर्कासहितका पोशाकमाथि  प्रतिबन्ध लगाउने तयारि अघि सारेको छ । सार्वजनिक रुपमा अनुहार ढाक्ने पोशाकमाथि प्रतिबन्ध लगाउन आइतबार त्यहाँ जनमत संग्रह गरिएको थियो । दक्षिणपन्थी स्विस पिपल्स पार्टीले ‘अतिवाद रोकौं’ भन्ने नारासहित अघि सारेको प्रस्तावमाथि जनमतसंग्रह गरिएको थियो । मानिसहरुले यस प्रस्तावको पक्षमा भोट गरेका छन् ।

    प्रतिबन्धको समर्थन गर्ने र यसको विपक्षमा रहेकाहरु बीचको मतान्तर कम रहेको थियो । एसआरएफ टेलिभिजनका अनुसार प्रस्तावको समर्थनमा ५१.२ प्रतिशत र यसको विपक्षमा ४८ प्रतिशतले मतदान गरेको हो । प्रमुख स्वीस इस्लामिक समूहका एक प्रमुखले मुस्लिमहरूका लागि यो कालो दिन भएको बताएका छन् ।

    मुस्लिमहरूको केन्द्रीय परिषदले एक विज्ञप्ति जारी गर्दै ‘आजको निर्णयले पुरानो घाउलाई फेरि एकपल्ट जीवन्त बनाएको छ। यसले कानूनी असमानताको सिद्धान्तलाई थप हौसला प्रदान गरेको छ र साथसाथै मुस्लिम अल्पसंख्यकहरूलाई अलग राख्ने स्पष्ट संकेत गरेको’ प्रतिक्रिया दिएको छ । 

    स्विस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो । लुसेर्न विश्वविद्यालयको अनुसन्धानका अनुसार स्विजरल्याण्डमा प्रायः कोही पनि बुर्का लगाउँदैनन् । स्विट्जरल्यान्डका ८.६ मिलियन जनसंख्यामा पाँच प्रतिशतमात्र मुस्लिम समुदाय छन्, जसमध्ये ३० प्रतिशत महिलामात्र नकाब लगाउँछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend