logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौँ’

    ‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौँ’

    3K
    Shares

    टीकापुर । संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएका  छन् । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट पनि बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गरे । 

    एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको बताए।महिला नेत्री कमला शाहीले हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्न जरुरी रहेको बताएका छन्। “पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइन्छ”, उनले भनिन्, “हामीले कति दिन दिएको मात्र खाने ? अब हामी बलियो बन्न आवश्यक छ ।”

    पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने बताए। “तपाईहरु कति जनाले छोराछोरी दुवैलाई बराबरी काम र अवसर दिनुभएको छ”, देवकोटाले भने, “जन्मदेखि नै छोरीलाई गरिने विभेद अन्त्य गर्न महिला, पुरुष दुवै सचेत हुन जरुरी छ ।”

    सामाजिक अभियानकर्मी निर्मला कडायतले महिलालाई ३३ प्रतिशत व्यवस्था संविधानले गरेकै भए पनि राजनीतिक दलले व्यवहारिकरुपमा महिलालाई अवसर दिने कुरा व्यवहारमा उतार्न नसकेको बताए । “महिला पढेलेखे पनि स्वतन्त्र छैनन्, चरालाई पनि स्वतन्त्रता चाहिन्छ भने हामी मानिस हौँ”, उनले भने, “हामीलाई सरकारले पनि ठगेको छ, पुरुष नेतृत्वले पनि ठगिरहेका छन् ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend