logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • संसदीय व्यवस्था बचाउन सर्वोच्चले बेइमानीपूर्ण ढङ्गले नयाँ कुरा बोल्यो : ऋषि कट्टेल (भिडियोसहित) 

    संसदीय व्यवस्था बचाउन सर्वोच्चले बेइमानीपूर्ण ढङ्गले नयाँ कुरा बोल्यो : ऋषि कट्टेल (भिडियोसहित) 

    3.6K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतले संसदीय ब्यवस्था बचाउन बेइमानीपूर्ण ढङ्गले नयाँ कुरा बोलेको बताएका छन् ।

    सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवाद सम्बन्धि आइतबार आफ्नो पक्षमा गरेको फैसलाबारे टिप्पणी गर्दै कट्टेलले यस्तो बताएका हुन् । 

    सोमबार सुनौलो नेपालसँगको कुराकानीका क्रममा सर्वोच्चको फैसलाले ओली तथा प्रचण्ड–माधव पक्ष दुवैलाई फाइदा हुने वातावरण सिर्जना गरेको दाबी गर्दै उनले भने, ‘नाम खारेज भएपछि त यिनीहरु पार्टीविहिन हुन्थे । पार्टीविहिनको सरकार त संविधानले परिकल्पना गरेको छैन । अब त्यसो भएपछि त संसदको भूमीका के हुने ? अवस्था के हुने ? त्यो त स्व्तः सकिन पर्ने अवस्थामा पुग्थ्यो । अर्कै किसिमको शासन पद्धतीमा जान पर्ने ठाउँमा पुग्थ्यो । तर अदालतले यो संसदीय प्रणाली बचाउनलाई, उसको वर्गीय ब्यवस्था बचाउन बेइमानीपूर्ण ढङ्गले नयाँ कुरा बोल्यो भनेको छु म चाहिँ फेरि ।’  

    हेर्नुहोस् कट्टेलसँगको विशेष कुराकानी 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend