logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • खेलकुदका सबै गतिविधि  तत्काललाई बन्द गर्दे कम्बोडिया

    खेलकुदका सबै गतिविधि  तत्काललाई बन्द गर्दे कम्बोडिया

    2.6K
    Shares

    सिन्ह्वा । कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले तत्कालका लागि सवै खेल  बन्द गर्न निर्देशन दिइएको छ । समुदायस्तरमा अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् ।

    कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ,’ शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

    राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुँदका गतिविधिहरु नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ ।त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend