२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशीको नीति तथा कार्यक्रम : रेल परियोजनादेखि अन्तर्राष्ट्रिय विमानस्थलमा जोड

सोमवार , जेठ ६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

कोशी प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा पेश भएको नीति तथा कार्यक्रममा प्रदेश संरचनाको महत्व र आवश्यकतालाई केन्द्रमा राखी सङ्घीय व्यवस्थालाई सुदृढ गर्ने मुख्य लक्ष्य लिएको छ ।

आन्तरिक राजस्वको दायरा बढाउन नीतिगत कानुन संस्थागत सुधार गर्ने, दिगो विकासमा जोड दिने, लगानी सम्मेलनको उपलब्धिलाई आधार बनाई संस्थागत प्रयास गर्ने, पर्यटन वर्षमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने, भ्रष्टाचारविरुद्ध रणनीतिक कार्य गर्ने कार्यक्रममा उल्लेख छ ।

भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिने प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश लगानी सम्मेलनका उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारी तथा निजी अवधारणामा परियोजना विकास र निर्माण गर्न संस्थागत एवम् नीतिगत सुधारमा जोड दिने उल्लेख गरिएको छ ।

कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत, पर्यटन पूर्वाधार विकास एवम् प्रवद्र्धन गर्दै राष्ट्रिय पुँजीको रूपमा विकास गर्ने लक्ष्य सहितको नीति तथा कार्यक्रम पेश भएको छ ।

नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारको बजेट कार्यान्वयनलाई विद्युतीकरण गर्न मुख्यमन्त्री ‘ड्यास बोर्ड’ प्रभावकारी बनाउने, कोसी प्रदेश निजामती दिवस मनाउने, प्रदेश निजामती र प्रदेश कर्मचारीलाई निवृत्तिभरण कोष सञ्चालन गर्ने, प्रदेश अनुसन्धान प्रतिष्ठान सञ्चालन गर्ने, संघीयता कार्यान्वयनका निम्ति भएका अध्ययन प्रतिवेदनअनुसार काम गर्ने, प्रदेश स्थानीय तहबीच समस्या समाधान गर्न विषयगत समिति बनाउने, डाटा सेन्टर पूर्वाधार सञ्चालन गर्ने सरकारले तयारी गरेको घोषणा गरिएको छ ।

परियोजना विकास प्रभावकारी बनाउने एकल विन्दु प्रणाली विकास गर्ने, विभिन्न निकायका इन्टर्न प्रयोग गर्ने, भूमि बैंकमार्फत संघ सरकारसँग समन्वय गरी काम गर्ने, परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने विकासकर्तालाई सहयोग गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन संघीय सरकारसँग समन्वय गर्ने र रेलमार्ग विकासमा काम गर्ने नीति लिइने सरकारले लक्ष्य लिएको छ । कोशी प्रदेश खेलकुद ग्राम र विज्ञान प्रविधि केन्द्र सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ ।

आवधिक योजनाको लक्ष्य गर्ने गरी काम गर्ने, प्रदेश योजना आयोगको भूमिका विस्तार गर्ने, प्रदेश लोकसेवा आयोगको संरचनागत सुधार गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘म अघि बढ्छु’ कार्यक्रमलाई निरन्तरता दिने सरकारको नीति छ ।

यातायात व्यवस्था कार्यालयमा विद्युतीय भुक्तानी सुरु गर्ने, सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाई दुर्घटना न्यूनीकरणमा सरकारले नीति लिने प्रदेश प्रमुख खापुङद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्ती जग्गा नापजाँच गरी औद्योगिक प्रयोजनमा लगाउने सरकारको कार्यक्रममार्फत घोषणा गरिएको छ । सार्वजनिक खर्चको मापदण्ड समयानुकूल परिवर्तन गर्ने, बहुवर्षीय योजना थप परिष्कृत गर्ने, स्थानीय तहलाई वित्तीय समानीकरणको अंश बढाउन आवश्यक सहकार्य गर्ने, साना तथा मझौला उद्यमशीलता बढाउने नीति लिइने जनाइएको छ ।

कोशीमा प्रादेशिक संग्रहालय स्थापना गर्ने, मैथिली र लिम्बू भाषालाई प्रदेशिक भाषा बनाउने नीति लिने, हिमाली र पाहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुधार गर्ने, युवामा अन्तरनिहित क्षमताको प्रष्फुटन गर्न युवा नीति अवलम्बन गरिने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा शासकीय सुधारमा जोड दिइने भनिएको छ ।

पूर्णपाठ :

नीति-तथगा-कार्यक्रम-२०८२/८३ 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट