logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विमान दुर्घटना भएको ३६ दिनपछि अमेजन जंगलबाट पाइलटको उद्धार

    विमान दुर्घटना भएको ३६ दिनपछि अमेजन जंगलबाट पाइलटको उद्धार

    1.5K
    Shares

    अमेजन जंगलमा दुर्घटनाका शिकार बनेका एक विमान पाइलट ३६ दिनपछि सुरक्षित रुपमा घर फर्किएका छन् । सेसना १० नामक विमान दुर्घटना भएसँगै उनी सम्पर्क विहिन बनेका थिए । उनी जनवरी २८ मा एन्टोनियो ब्राजिलको पारा राज्यमा रहेको अलेंकेरबाट अल्मिरिका लागि उडेका थिए । प्राविधिक गडबडका कारण उनले विमानलाई आकस्मिक अवतरण गर्नुपरेको थियो ।  तर विमान जमिनमा अवतरण हुनासाथ आगो लागेको थियो । उनी सँग सम्पर्क गर्नका लागि कुनै उपकरण नभएको कारण बेपता बनेका थिए ।  

    विमान हराएपछि उनको खोजी कार्य सुरु भएको थियो । तर दुर्घटनापछि खोजी कार्यमा सक्रिय टिमले विमानको एक अंश पनि भेटेनन् । पाइलटले आफूलाई बचाउन कोही नआएपछि पैदल हिँडेर जंगलबाट निस्किने सोच बनाएका थिए । पाँच साता जंगलमा बिताएपछि उनले जंगलमा कटुस टिप्न जाने मानिससँग भेटे र उनीहरुकै सहयोगमा बाहिर निस्किए ।  

    विमान दुर्घटना भएको ३६ दिनपछि परिवारसँग भेटेका पाइलटबारे ब्राजिलको टेलिभिजनले रिपोर्ट प्रसारण गरेको थियो । परिवारले उनको स्वास्थ्यपरीक्षणका लागि अस्पताल लगेका थिए, त्यहाँ डिहाइड्रेशन र अन्य सामान्य उपचारपछि उनलाई घर पठाइएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend