logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

    चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

    6.9K
    Shares

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । 

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सेहरी क्षेत्रमा दुईवटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिए। उनका अनुसार यही फागुन २४ गते  उक्त गैँडा मृतावस्थामा फेला परेको थियो । मृतावस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेकोसहायक संरक्षण अधिकृत समेत रहेका उनले बताए।  

    चालू आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरी शिकारीले गैँडा मरेका थिए ।  हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ । 

    निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार यही फागुन २३ गते सौराहा क्षेत्रमा पर्ने निकुञ्जको मुख्य क्षेत्र चपरचुली खहरे खोलामा करीब चार वर्षीय पाटेबाघ मृतावस्थामा भेटिएको हो । प्राकृतिक कारणबाट मरेको सो पाटेबाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ  । चालू आव २०७७÷७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो पाटेबाघ हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend