काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले एसिड आक्रमण र महिला हिंसाविरुद्ध कानून बनाउन कांग्रेस प्रतीक्षारत रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पुनःस्थापनापछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेसले नाराबाजी गरेर एसिड आक्रमण विरुद्धको अध्यादेश पेश गर्न नदिएको भनेर आरोप लगाएका थिए ।
नेता थापाले प्रधानमन्त्रीको अभिब्यक्तिप्रति लक्षित गर्दै ओलीलाई झुट प्रधानमन्त्री भनेर प्रतिक्रिया दिएका छन् ।
प्रधनमन्त्री ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल टुइटरमा उनले लेखेका छन्, ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट पिएम् ज्यु ।
एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।’
संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने?झुट @PM_Nepal ज्यू!
एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।— Gagan Thapa (@thapagk) March 9, 2021