काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनबारे प्रतिपक्षि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले फागुन २९ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ। त्यस्तै बैठकले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने भन्ने बारे कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले बताए।
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग तत्काल वार्ता अगाडि बढाउने तर आवश्यकताअनुसार नयाँ शिराबाट नेकपा एमालेसंग पनि छलफल हुने भन्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।