काठमाडौं। च्याम्पियन्स लिगबाट इटालियन च्याम्पियन युभेन्ट्स बाहिरिएको छ। गएराति भएको दोस्रो लेगमा युभेन्ट्सलाई पोर्चुगिज क्लब एफसी पोर्टोले अवे गोलमा पछि पारेपछि युभेन्ट्स अन्तिम १६ बाटै बाहिरिएको हो।
गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३–२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २–१ ले जितेको थियो । समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि युभेन्ट्सको अगाडीको यात्रा तय गर्न सकेन।
पोर्टोको जितमा सर्जियो अलिभिएरा २ गोल गरे। युभेन्ट्सका फेडेरिको किएजाले २ तथा एड्रिएन राबिअटले १ गोल गरे। त्यसपछि थप गोल फर्काउन नसक्दा युभेन्ट्स प्रतियोगिताबाट बाहिरिनु परेको हो।