logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ह्यारी र मेगनले उठाएको रंगभेदको मुद्दामा राजपरिवार गम्भीर 

    ह्यारी र मेगनले उठाएको रंगभेदको मुद्दामा राजपरिवार गम्भीर 

    1.8K
    Shares

    लन्डन ।  बेलायती राजपरिवारका प्रिन्स ह्यारी र प्रिन्सेस मेगन मर्केलसँग अमेरिकी टिभी प्रस्तोता ओप्रा विन्फ्रेले अन्तर्वार्ता लिएकी थिइन् । हालै लिइएकाे उक्त अन्तर्वार्तामा मेगनले राजपरिवारका एक सदस्यले रंगभेदको टिप्पणी गरेको खुलासा गरेकी थिइन् । अन्तर्वार्तापछि बकिंघम प्यालेसले बेलायतकी महारानीको तर्फबाट  एक विज्ञप्ति जारी गरेको छ ।

     विज्ञप्तिमा यस विषयलाई लिएर ह्यारी र मेगनसँग व्यक्तिगत रुपमा छलफल गर्ने बताइएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘गत वर्ष ह्यारी र मेगनका लागि चुनौतिपूर्ण रहेको थाहा पाउँदा राजपरिवार निकै दुखी भएको छ ।’राजपरिवारको निवास बकिंघम प्यालेसले ससेक्सका ड्युक र डचेजले शाही परिवारभित्रको रंगभेदको बारेमा उठाएको मुद्दामा राजपरिवार गम्भीर रहेको प्रतिक्रिया समेत दिएको छ ।

    विज्ञप्तिमा बकिंघम प्यालेसले शाही परिवारका सदस्य ह्यारी, मेगन र उनीहरुको छोरा आर्चीलाई सधैं माया गरिरहने कुरा उल्लेख गरेको छ । त्यस अन्तर्वार्तामा मेगन र ह्यारीले शाही परिवारका सदस्यले ह्यारीसँग उनका छोरा आर्ची को रंग कति कालो हुन सक्छ भनेर सोधेको बताएका छन् । तर उक्त टिप्पणी महारानी तथा प्रिन्स फिलिपले नगरेको विज्ञप्तिमा बताएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend