वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जापान, भारत तथा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग अनलाइन बैठक गर्ने भएका छन् । यस बैठकबारे ह्वाइट हाउसले जानकारी दिइएको छ ।
बैठकमा विश्वव्यापी कोरोना महामारीको संकट, आर्थिक सहयोग तथा जलवायु परिवर्तनपछि आएको संकटका बारेमा चर्चा हुने बताइएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले ‘क्वाड समूह’ को बैठकमा बाइडेनले अमेरिकी सहयोगी तथा इन्डो–प्यासेफिक क्षेत्रका साझेदारलाई महत्व दिने बताएकी छिन् । यो बैठक दुई घण्टासम्म चल्न सक्ने बताइएको छ ।